बैतडी– बैतडीमा यही जेठ १७ गतेबाट सम्पर्कबिहीन प्रेमसिंह रावत मृत अवस्थामा भेटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सौंडालीका अन्दाजी ३० वर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा भेटिएका हुन् ।
बोल्न नसक्ने सुस्त मनस्थिति भएका रावत १७ गते बिहानबाट सम्पर्कबिहीन रहेका थिए । रावतको शव भीरमा अड्केको र सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए ।
शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाबार अनुसन्धान भइरहेको उहाँले बताएका छन् ।
Facebook Comments Box