महेन्द्रनगर – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। सोमबार बिहान आक्रमण गर्न खोजेको बाघलाई होहल्ला गरेर बचेका स्थानीयमध्ये एक जना प्रहरीको गोली लागेर मृत्यु भएको हो । बाघको आक्रमणबाट घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।
स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ।
Facebook Comments Box