काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् ।
सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुरुमा मनमोहन अस्पताल पुर्याइएकी पोखरेलको अहिले ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको दायाँ तर्फको खुट्टाको दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ।
छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।
Facebook Comments Box