कैलाली– धनगढी उपमहानगरपालिकाले कार्यपालिका बैठकमा बोतलको पानी प्रयोग नगर्ने भएको छ। उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैको सुझाव अनुसार अबदेखि बैठकमा बोतलको पानी (मिनिरल वाटर) प्रयोग नगर्ने जानकारी दिए। उनका अनुसार अब बैठकमा सामान्य पिउने पानी प्रयोग गरिने छ।
मंगलबार फेसबुकमा प्रमुख हमालले लेखेका छन्, ‘बैठकहरूमा मिनरल वाटर प्रयोग नगर्न सल्लाह दिई तामाको गिलासमा खानेपानी प्रयोग गर्न सुझाव दिनु भएकोमा के आर भट्ट ज्यूलाई धन्यवाद। उहाँको सुझाव पढेर उपमहानगरपालिकाको हिजोको कार्यपालिका बैठकमा मैले सुनाए। कार्यपालिकाका सबै सदस्यहरूले बैठकमा मिनरल वाटर प्रयोग नगरि सामान्य खानेपानी प्रयोग गर्ने प्रतिबद्धता गर्नुभयो।’
Facebook Comments Box