गुल्मी – श्रीमतीलाई बलात्कार गरेको अभियोगमा गुल्मीबाट एक पुरुष पक्राउ परेका छन्।
गुल्मीको मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयमा शनिबार ती महिलाले आफूमाथि श्रीमानले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए।
प्रहरीका अनुसार ती महिलाले आफ्नो श्रीमानले डर धम्की देखाई पटक–पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। उनको जाहेरीका आधारमा वैवाहिक बलात्कार मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए।
उक्त दम्पतीका दुई सन्तानसमेत छन्।
Facebook Comments Box