काठमाडौंः बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।
महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो।
मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर-२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो।
प्र.०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। पुलबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका थिए। कलैया अस्पतालमा उपचारका लागि पठाइएकोमा गए राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शव कलैया अस्पतालमा राखिएको छ।
Facebook Comments Box