काठमाडाैं – वीरगञ्जबाट प्रहरीले एक सय १३ वटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो। उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै आजै प्रहरीले काठमाडाैं महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ घर भएका राज देउला र राहुल देउला रहेका छन् ।
Facebook Comments Box