जनकपुरधाम – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् ।
विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो ।
मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना भए लगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् ।
६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
अनियन्त्रित भई सडकबाट उत्तर २० फिट तल झरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Facebook Comments Box