दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको बगौरा बजारमा तथा गोकुलेश्वर बजार क्षेत्रमा अनुगमन गरिएको छ ।
शनिबार सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा बजार अनुगमन गरिएको हो । शुद्धता कायम गराउन र दर्ता गरेर मात्रै व्यवसाय संचालन गराउने हिसाबले यो अनुगमन गएिको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, दार्चुला घरेलु तथा साना उद्योगको संयुक्त अनगुमन टोलीले शैल्यशिखर नगरपालिकाका दुई वटा बजारमा अनुगमन गरेको हो ।
अखाद्य तथा गुणस्तर हिन बस्तुको विक्रिवितरणमा तिब्रता आएको सूचना आएपछि अनुगमन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिनु भएको छ । पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन गरेको बताइएको छ । शनिबार साहयक प्रमुख जिल्ला अधिकारी साउदको टोलीले शैल्यशिखर नगरपालिकाका ५१ वटा खाद्यान्न पसलहरुमा अनुगमन गरेको जनाएको छ ।
पसल दर्ता गरेर संचालन भएको छ की छैन, मूल्य सूचीको टाँस गरेको छ कि छैन भनेर पनि बजार अनुगमन गरिएको हो । पसल अनुगमनबाट ५४ हजार राजस्व संकलन गरिएको छ । अखाद्य बस्तु आज मात्रै २५ हजार बराबरको रहेको जनाएको छ । घरेलु कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता ठगिने क्रम रोकियोस् भनेर बजार अनुगमन गरिएको बताउँदै दार्चुलाका सानादेखि ठूलासम्म बजारहरुमा अनुगमन गरिने समेत बताए । शनिबार बजार अनुगमनमा म्याद गुज्रिएको सामानहरु फेला परेका, मूल्य सूची नभएको, होटलहरुमा अखाद्य बस्तु फेला परेको थियो ।
बजार अनुगमनमा स्थानीय व्यापारी र जनप्रतिनिधीहरुले समेत सहयोग गरेका थिए । केही समयअघि दार्चुलाको अपि हिमाल गाँउपालिका खण्डेश्वरी क्षेत्रको बजारमा समेत बजार अनुगमन गरिएको थियो ।‘बजार अनुगमनलाई जिल्लाव्यापी रुपमा अघि बढाईने साहयक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिनु भएको छ ।