जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्याएर नै आफूले बजेट दिएको बताए ।
Facebook Comments Box