काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक आज (बुधबार) ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक बस्न नसकेको हो । अहिले मन्त्रीहरू अर्थमन्त्री प्रकरणमा एमाले नेताहरूसँगको छलफलमा रहेका छन् ।
Facebook Comments Box