काठमाडौं – बजेट निर्माणका बेला गत जेठ १४ गते राति अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र राजस्वका दरहरू परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन् । समितिलाई छानबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्न म्याण्डेड दिइएको छ ।
संसदीय विशेष समितिमा एमाले सांसदहरु सांसदहरु खगराज अधिकारी, प्रदिप ज्ञवाली, भानुभक्त ढकाल र बिमला बिक, नेपाली कांग्रेसबाट पुष्पा भुषाल गौतम र सीताराम महतो, माओबादीबाट देव गुरुङ, शक्ति बस्नेत, लोसपाबाट लक्ष्मणलाल कर्ण, नेकपा एसबाट सरला यादव, र जसपाबाट सुरेन्द्र यादव रहेका छन्।
Facebook Comments Box