काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विधेयक ल्याउन लागेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा भाग लिन पुगेका महतोले बिहीबरको संसदको बैठकमा नयाँ नागरिकता विधेयक पेश हुन लागेको बताएका हुन् ।
‘विगतमा राजनीतिक दलबीच भएका सहमतिका बुँदालाई समेटेर मात्रै नयाँ विधेयक ल्याउन लागिएको छ,’ महतोले भने, ‘जुन विधेयकले जन्मसिद्ध नागरिकताको सन्तानको समस्या समाधान गर्नेछ ।’ उनका अनुसार गृहमन्त्री बालकृष्ण खाडले बिहीबार बस्ने संसद बैठकमा विधेयक पेश गर्ने सूचना दिएका छन् ।
Facebook Comments Box