काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको छ। महासंघका अनुसार आज सुनको मूल्य बढेको हो। यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।
गत साताको बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो । एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको हो। यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।यसका साथै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।