काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box