काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ ।
एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै सरकार स्थायी कर्मचारीहरूको संयन्त्रलाई हतोत्साहित बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको बताए ।
उनले भनेका छन्, ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्छ ।’
एमालेले सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
Facebook Comments Box