काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन् ।
शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका हुन् । उनले बन्जी जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउँदै भने–‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ ।
ओलीले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा युवाको सहभागी हुनुपर्ने भनाइ छ ।
Facebook Comments Box