काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् ।
उनले भने, ‘न्यायबद्ध रूपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईँहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’
आगामी निर्वाचनमा काँग्रेस देशको सबैभन्दा ठुलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए ।
Facebook Comments Box