दार्चुला – दार्चुलामा वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् ।
भारी वर्षात कारण कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यति मात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा रहेका व्यापारीले अहिले गाउँमा दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको स्थानीयवासी उपभोक्ताको आरोप छ । यातायातका साधन नहुँदा भरियाका सहायतामा सामान ढुवानी गर्नुपरेका कारण दैनिक उपभोग्य वस्तुको गाउँमा मूल्यवृद्धि गरिएको व्यापारी बताउँछन् । वर्षाले ठाउँ ठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द भएका छन् । पहिराका कारण अवरुद्ध भएका यहाँका सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको बताइएको छ ।
प्रशासनले यातायात सञ्चालनका लागि अनुमति दिए पनि वर्षाले अवरुद्ध भएका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण गाडी चलाउन समस्या भइरहेको यातायात व्यवसायिहरुले बताएका छन । झन्डै एक महिनादेखि खलंगा–दल्लेक–खार सडक अवरुद्ध भएपछि ग्रामीण भेगमा खाद्यान्न अभाव हुन सुरु भएको छ।
सडक सुचारु हुन नसक्दा नौगाड गाउँपालिकाका विभिन्न बस्तीमा खाद्यान्न रितिएको छ । यहाँका स्थानीय खाद्यान्न जोहो गर्ने समयमा यार्चागुम्बुलगायतका जडीबुटी संकलन गर्न लेक गएको र अहिले लेकबाट फर्केपछि बाटो नहुँदा ढुवानीमा समस्यामा परेको नौगाडका स्थानीयहरुको भनाई रहेको छ ।
वर्षातका लागि खाद्यान्न जोहो गर्न यार्चा संकलनका लागि गएकाहरू लेकबाट चाँडै घर फर्केका थिए । खाद्यान्न लैजान गाउँ जाने बाटो अवरुद्ध भएकाले समस्यामा परेको स्थानीय सन्तोष सिह ठगुन्नाले बताउनु भयो । यस क्षेत्रका स्थानीयहरुले बताएका हुन । ‘बाटोको समस्याका कारण पिठ्युँमा खाद्यान्नलगायतका सामान बोकेर लैजानलाई समेत पैदलबाटोसमेत ठाउँ–ठाउँमा भत्केकाले ढुवानी गर्न कठिनाइ भएको छ ।