काठमाडौं – प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो। अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो।
Facebook Comments Box