काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् ।
बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए । त्यसैले आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा नौ बजेदेखि मात्रै सुरु भएको छ ।
Facebook Comments Box