धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरूलाई उजुरी दर्ताको लागि आह्वान गरेको छ। एक सूचना जारी गर्दै तथ्य प्रमाणसहित पीडितहरूलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ताका लागि आह्वान गरेको हो।
मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेको परिपेक्षमा उजुरी दर्ता गर्न आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ।
यसअघि गृह मन्त्रालयले पनि मिटरब्याजीविरुद्ध उजुरी दर्ताको आह्वान गरेको थियो।
Facebook Comments Box