काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ११ भदौ (शनिबार) राजधानीको खुलामञ्चमा उपत्यका भेला आयोजना गर्दैछ।
काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ।
संचारकर्म छाडेर दल दर्ता गराएका पार्टीका सभापति रवि लामिछानेले खुलामञ्चलाई साक्षी राखेर परिवर्तनको घण्टी बजाउने तयारीमा रहेको बताएका छन्।
‘ठूला राजनीतिक परिवर्तनको उही खुलामञ्चलाई साक्षी राखेर हामी परिवर्तनको घण्टी बजाउँदैछौं,’ लामिछानेले भनेका छन्।
गत ७ असारमा राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरिएको थियो।
Facebook Comments Box