काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले यही भाद्र १२ गते सार्वजनिक बिदा दिने भएको छ ।
आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा दिने उल्लेख गरिएको थियो ।
Facebook Comments Box