ललित सामन्त दार्चुला- दार्चुलाबाट एसइइ ग्रेडवृद्धि परीक्षामा २ हजार २७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले बताउनु भयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि दार्चुलामा सबै तयारी पुराभएको बताइएको छ ।
जिल्लामा पाँच ओटा केन्द्र तोकिएका छन् । भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । परीक्षा बिहान ८ बजे देखी सञ्चालन हुने बताइएको छ ।
जिल्लाको मालिकार्जुन नमुना मावि धाप, छन्ना तिंकरी कन्या मावि खलंगा,महेन्द्र नमुना मावि खलंगा क,महेन्द्र नमुना मावि खलंगा ख तथा महेन्द्र नमुना मावि खलंगा ग केन्द्रमा एसइइको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले जानकारी दिनु भएको छ ।उनका अनुसार मालिकार्जुन नमुना मावि धापमा महाकाली नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने छन भने छन्ना तिंकरी कन्या मावि खलंगाबाट जिल्लाको शैल्यशिखर नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने बताइएको छ । यस्तै महेन्द्र नमुना मावि खलंगा क,केन्द्रबाट जिल्लाको व्यासँ मार्मा र लेकम गाउँपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने बताइएको छ ।
महेन्द्र नमुना मावि खलंगा ख केन्द्रबाट नौगाड दुहुँ अपि हिमाल गाउँपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिने छन ।महेन्द्र नमुना मावि खलंगा कै ग केन्द्रबाट जिल्लाको मालिकार्जुन गाउँपालिकाभरीका सम्पुर्ण ग्रेड वृद्धि परीक्षार्थीहरुले परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार मालिकार्जुन नमुना मावि धापमा ५२८ जना विद्यार्थीहरुले परीक्षा दिने छन भने छन्ना तिंकर कन्या माविबाट २७१ जना विद्यार्थीहरुले परीक्षा दिन पाउने छन ।
यस्तै महेन्द्र नमुना मावि खलंगा क,केन्द्रबाट ५२७ जना महेन्द्र नमुना मावि खलंगा ख,केन्द्रबाट ४८६ तथा महेन्द्र नमुना मावि खलंगा ग केन्द्रबाट २६३ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा यो वर्ष १हजार ९ जना छात्र तथा १ हजार ६६ जना छात्रागरी जम्मा २ हजार ७५ जना विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षा दिन लागेको समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।
शिक्षा विकास तथा सामन्वय इकाइ दार्चुलाका अनुसार मालिकार्जुन नमुना मावि धापमा केन्द्राध्यक्षको रुपमा सुन्दर सिह बुढाथोकीलाई खटाइएको छ भने छान्ना तिंकरी कन्या मावि खलंगामा गिता कुवरलाई केन्द्राध्यक्षको रुपमा खटाइएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । यस्तै महेन्द्र नमुना मावि परीक्षा केन्द्रमा दामोदर जोशी, सोही विदालयको परीक्षा केन्द्र ख मा भैरव दत्त भट्ट , तथा परीक्षा केन्द्र गमा जय राज जोशीलाई केन्द्राध्याक्षको जिम्मेवारी दिइएको छ । शुक्रबार परीक्षाकेन्द्रहरुको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले परीक्षाकेन्द्रको अनुगमन समेत गरेको छ ।