काठमाडौं – अछामको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बिद्यालय दिवाखाजा कार्यक्रले बालबालिकाको पोषणस्तरमा पनि टेवा पुगेको बताउनुभएको छ ।
बिहिबार मंगलसेन नगरपालिका वडा नः १२ बान्नातोली स्थित कालीका आधारभूत बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बिद्यालयमा सञ्चालन गरिएको दिवाखाजा कार्यक्रममा सहभागी भएका बालबालिकाको कारण उनिहरुको घरमा पनि सुधार हुँदै गएको समेत बोहराको भनाई छ । जसका कारण स्वास्थ्य अवस्था,सरसफाईको अवस्था लगाएतका अन्य पक्षमा पनि सकारात्मक सुधार भएको पनि बोहराले बताए् । एकातिर अहिले पहाडी क्षेत्रबाट बसाईसराईको क्रम बढ्न थालेकाले पहाडी क्षेत्रका सामुदायीक बिद्यालयहरुको व्यवस्थापन गर्न चुनौती रहेको पनि नगर प्रमुख बोहराको भनाई छ ।
फरक प्रसंगमा सम्बोधन गर्नुभएका प्रमुख बोहराले आफुहरुसंग आन्तरीक स्रोतहरुको अभाव भएकाले शिक्षाका लागी आवश्यक पुर्वाधार निर्माण गर्न केहि कठिनाई भएको भनाई राख्नुभयो । भएका प्राकृतिक स्रोतहरुको उपयोग गर्ने प्रविधिको कमिका कारण पनि जिल्लाको आन्तरीक स्रोतमा कमि आएको उनको भनाई छ ।
यस्ता विविध समास्याहरुको समाधानका लागी WFP संग सहयोगको अपेक्षा गर्नुभयो । WFP ले अछाम जिल्लामा प्रसंशनिय कार्यहरु गर्दै आएको स्मरण गर्दै उहाँले सहयोगी दाताको तर्फबाट हात नझिक्न समेत बोहराले अपिल गरे ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी,ध्ँए का डिपुटि कन्ट्री डाईरेक्टर निल्स वेल्जर,सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि जनकराज भट्ट,शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरी, ध्ँए का रविन्द्र चन्द,निरा शर्मा,मोनिका उपाध्याय,उमेश चौधरी,शिक्षाका लागी खाद्य कार्यक्रमका फोकल पर्सन विद्या सागर महतो,मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्का,पत्रकार लगाएतको सहभागीता रहेको थियो ।