काठमाण्डौ – नेकपा ( क्रान्तिकारी माओवादी) को केन्द्रिय समितिको बैठक आजबाट शुरु भएको छ । काठमाण्डौको अनामनगरस्थित कृष्णसेन इच्छुक प्रतिष्ठानमा बैठक चलिरहेको छ ।
बैठकमा आगामी मङ्सिर ४ गते हुने स्थानीय चुनाव र पार्टी एकताको विषयमा छलफल भैरहेको स्रोतले बताएको छ ।
आज महासचिव किरणले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ भने उक्त प्रस्ताव माथि केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन् ।
Facebook Comments Box