काठमाडौं – कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको ९ क्विन्टल चिनी गायब भएको प्रकरणमा छानबिन हुने भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो।
उक्त प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
छानबिनका क्रममा प्रहरीको बदमासी देखिए एसपीसहितका संलग्न अधिकारीलाई कारबाहीको दायरामा ल्याउने बताइएको छ।
भदौ ८ गते राति प्रहरीले बरामद चिनी भोलिपल्टै बिहान गायब भएको थियो।
Facebook Comments Box