काठमाडौं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ आज बिहन १०:०० बजे बाँडफाँट भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा भएको बाँडफाँट हो । माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथा द्वारा शेयर बाडफाटँ गरिएको छ। त्यसरी बाडफाटँ गर्दा १२ हजार ३ सय ४० आवेदकले १० हजार किताको दरले शेयर हात पारेका छन् भने १८ लाख ३७ हजार बढीको हात खाली रहेको छ।
कम्पनीले सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
त्यस्तै बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणको लागि छुट्टाइएको थियो जसमा न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।