काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागका पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् ।
विभागका ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भीमबहादुर बुढाथोकीको डीआईजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो।
बढुवा भएसँगै चार जनालाई प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । ओम खड्कालाई सुदुरपश्चिम, कृष्ण खनाललाई प्रदेश नम्बर १, रामप्रसाद दाहाललाई कर्णाली तथा प्रजेशसिंह हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ। प्रजेशसिंह बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ।
त्यस्तै, विभागका दुई डीआईजीको पनि सरुवा भएको छ। प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमती तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको हो ।
Facebook Comments Box