दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले वडा नं १ देखि ४ सम्मका सम्पुर्ण विद्यायहरुलाई यो महिना सम्मका लागि बन्द गरेको छ । आइतबार महाकाली नगरपालिकाले एक सुचना जारी गदै नगरपालिकाका वडा नं १ देखि ४ सम्मका सम्पुर्ण विद्यालयहरु बन्द गर्न सुचना जारी गरेको हो ।
भाद्र २४ गते राती आएको बाढीका कारण महाकाली नगरपालिका वडा नं १ देखि ३ सम्मका विभिन्न खोलाहरुले धनजनको क्षेति तथा जनजीवन अस्थव्यस्त हुनुका साथै नगरपालिका भित्रका यि वडामा रहेको विद्यालयहरुमा समेत भौतिक र मानविय क्षेति भएकाले तत्काल विद्यालयहरु बन्द गरेको नगरपालिकाले जारी गरेको सुचनामा जनाएको छ ।
यस्तै २४ गते राती आएको बाढीका कारण बालबालिकाहरुमा समेत मनोबैज्ञानिक त्रास रहेको तथा बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरुको विद्यालय आउने बाटोघाटो समेत नरहेकाले बाढी तथा पहिरो प्रभावित विद्यालयहरुलाई एक हप्ता सम्म विद्यालय बन्द गरिएको महाकाली नगरपालिका प्रमुख प्रशासकिय प्रमुख नर बहादुर ठगुन्नाले जानारी दिए ।
साथै नगरपालिकाले एक हप्तासम्म विद्यालय बन्दभएका शिक्षक तथा कर्मचारीहरुलाई उद्धार राहात र पुनस्थापना कार्यमा खटिन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक तथा निजी सम्पती धनजनको थप क्षेति हुन नदिन अझै सतर्कता अपनाउन नगरबासीहरुमा अनुरोध समेत गरेको छ । महाकाली– ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ ।
बाढीपहिरोमा दुई विद्यालय भत्किएका छन । महाकाली नगर क्षेत्रको पन्डोरास्थित भुवनेश्वरी आधारभूत विद्यालय पन्डोरा र बंगाबगडस्थित दशरथनगर आधारभूत विद्यालयमा क्षति पुगेको हो । त्यस्तै, डुङरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवासगृह पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । रातिको बाढीले दार्चुला–तिंकर सडकछेउमा पार्किङ गरिएका जिप पनि बगाएको छ । ६ बोलेरो, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको एउटा क्रसर मेसिन र एउटा जेसिभी बगाएको छ । महाकाली र नौगाडमा गरी दुई सय ६३ पशुचौपाया मरेका छन।