काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो ।
थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए ।
त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ ।
Facebook Comments Box