काठमाडौँ – प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ।
माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह गर्दा पनि नमानेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीले ती मिटरब्याज पीडितलाई विभिन्न प्रहरी कार्यालयमा राखेको जनाएको छ।
Facebook Comments Box