काठमाडौं – कैलालीमा घरमाथीबाट पहिरो खस्दा दुई जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका र टीकापुर नगरपालिकामा घर भत्किदा दुई जना घाइते भएका हुन्।
चुरे गाउँपालिका–३ सहजपुर बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको घर माथिबाट आएको पहिरोले भत्किदा ८ वर्षीय छोरा आयुष घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
यस्तै टिकापुर नगरपालीका २ बिजयनगर बस्ने २२ वर्षीय शिसिर चौधरीको कच्ची घर भत्किदा उनी घाइते भएका छन्।
Facebook Comments Box