काठमाडौं – अविरल बर्षाका कारण अछामको ढकारी गाउँपालिकामा पहिरोमा पुरिका २ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। यस्तै कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।
Facebook Comments Box