काठमाडौं – धनगढीमा अनशनरत र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता हुँदैछ।
आइतबार पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज फेरि वार्ता हुन लागेको हो।
पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा. केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले जानकारी दिए।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको छ भने सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
डा. केसीले भदौ २७ मा धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह थालेका थिए। कैलालीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।
Facebook Comments Box