काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।
राजकोले सोमबार निर्वाचन आयोगमा प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची बुझाएको हो ।
राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ ।
वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली बुझाइएको उनले बताए । प्रदेश नम्बर १ र मधेस प्रदेशमा भने पार्टीको अवस्था कमजोर भएकाले बन्दसूची पेस नगरिएको उनको भनाइ छ ।
Facebook Comments Box