काठमाडौँ – चारै सुरक्षा निकायका प्रमुखले जङ्गी अड्डामा भेट गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डा पुगेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख हुतराज बीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतस् आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको थियो ।