काशिराम जैसी,
काठमाण्डौं- कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं २ गणेशपुर स्थित जनसेवा माध्यमिक विद्यालयको नव अध्यक्ष पदमा स्थानीय समाजसेवी बालाराम जैसी सर्वसम्मत चयन हुनुभएको छ।
बिहिबार विद्यालयमा भएको अभिभावक भेलाले जैसीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ चयन गरेको छ, जसमा टिकाराम न्यौपाने,मनराज धमाला,देबु रसाईली,नन्दाराम धमाला,पाना देवी खनाल,टिकाराम धमाला,देशराम चौधरी,कमला देवी बजगाईं सदस्य रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष बालाराम जैसीले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै जनसेवा माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष जैसीको यो जनसेवा माध्यमिक विद्यालयमा दोस्रो कार्यकाल हो ।
Facebook Comments Box