काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ । हिजोसम्म बिहान बेलुका लामो जाम भएको काठमाण्डौ भित्रिने मुख्य नाकामा पनि आज चाप घटेको छ ।
हिजो बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ । अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताउनुभयो ।
यातायात व्यवसायीका अनुसार १५ देखि २० लाख जना सम्मले काठमाण्डौ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने हिजो बेलुकीसम्ममा ६ लाख ५० हजारले काठमाण्डौ छाडेका छन् । यो भने सार्वजनिक गाडीमा चढेर गएका यात्रुको अभिलेख हो । निजी गाडी तथा मोटरसाइकलमा जाने यात्रुको संख्या पनि उत्तिकै रहेको छ ।
Facebook Comments Box