धनगढी: नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले पार्टी पूर्वउपाध्यक्ष भीमबहादुर रावलले पार्टी खोले उनीसँग एमालेका इमान्दार कार्यकर्ता नजाने बताएका छन्।
सचिव चन्दले लामो समय एमालेका लागी काम गरेका र एमालेमै भविष्य देखेका लाखौँ कार्यकर्ता कुनै व्यक्तिका पछाडी नलाग्ने बताए।
रावलले पार्टीको हितविपरीत काम गरेको र एमालेमा विधीविपरीत काम गर्नेलाई कारबाही गरिने चन्दको भनाई छ। रावलले पार्टी कार्यालयमा आएर पार्टीले दिएको जिम्मेवारी लिनुपर्ने भएपनि त्यसो नगरी पार्टीको हितविपरीत काम गरेको चन्दले जनाएका छन्।
सुदूरपश्चिममा पार्टी बाहिरका शक्तीहरुले वास्तविकता नबुझेर रावललाई अन्याय भयो भन्नु गलत रहेको चन्दको जिकिर छ।
Facebook Comments Box