दिपक धमाला, काठमाडौं- नेकपा माओवादी केन्द्रका अकल रावलले अछाम क्षेत्र नम्बर २ को क बाट प्रदेश सभा सदस्यको टिकट पाएका छन् ।
सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व सभासद शरदसिंह भण्डारी, माओवादी केन्द्रका केन्द्रीय समिती सदस्य राम प्र. तिमिल्सिैना र नेकपा माओवादी केन्द्रका अन्तर्राष्ट्रिय बिभाग सदस्य, पुष्पराज न्यौपाने टिकटको दाबेदार थिए । माओवादी क्षेत्रीय समितिले सो क्षेत्रबाट चार जनाको नाम सिफारिस गरेको थियो । चारै जनाले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन माओवादीलाई सकस परेको थियो । शनिबार राति पार्टीले रावललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै प्रतिनिधि सभातर्फ
कंचनपुर १:- बीना मगर
बैतडी :- नरेन्द्र कुवर ‘बिजयसुन्दर’
कैलाली २:- भगत बडुवाल
कैलाली ३:- कृष्ण कुमार चौधरी
प्रदेश सभातर्फ
डडेल्धुरा (क) खगराज भट्ट
कैलाली १ (ख) दिर्घ बिनाडी
कैलाली २ (ख) नन्दबहादुर साउँद
कैलाली ५ (क) रमेश सिंह धामी
कञ्चनपुर २ (क) ओम विक्रम भाट
कञ्चनपुर ३ (क) टेकेन्द्र प्रसाद भट्ट
दार्चुला (ख) मानबहादुर धामी
डोटी (ख) शिवसिंह ओली
बाजुरा (क) कर्णबहादुर बिक
अछाम १ (ख) झपट साउँद
अछाम २ (क) अक्कल रावल
बझाङ (ख) भिम भण्डारी