दिपक धमाला, काठमाडौं – चन्द्र प्रसाद ढुंगानाले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवारको रुपमा अछाम क्षेत्र नम्बर २ बाट उनले मनोनयन दर्ता गरेका हुन् । महेन्द्रनगरपोष्ट सँग कुरा गर्दै उनले मनोनयन दर्तापछि ढुंगानाले देशलाई सशक्त बनाउन र मुलुकमा आशा जगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
नयाँ पुस्तालाई पनि राजनीतिमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन आफ्नो उम्मेदवारी भएको उनको भनाई छ । ‘देशमा आर्थिक विकासको वातावरण सिर्जना गर्न नसकेसम्म हाम्रा अरु समस्याहरूको दिर्घकालीन समाधान हुन सक्दैनन्।
त्यसैले प्रतिनिधि सभा सदस्यको उम्मेदवार दिएको छु’ उनले भने, ‘नयँ सोच, विचार र नेतृत्वलाई प्रतिनिधि सभा र प्रदेशसभामा पठाउन सके मात्र देशमा संघीयताको स्थायीत्व तथा आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त्त गर्दछु ।’ उनले मुलुकमा आश, उत्साह जगाउन आफू सक्रिय भूमिका खेलेको महेन्द्रनगरपोष्ट लाई बताए । ‘देशभित्र आशा, उत्साह र विश्वास हराउँदै गएको यो परिस्थितिमा व्यवस्था परिवर्तन र अस्थिरताले ग्रस्त नेपाली राजनीतिको भाष्य बदल्नु सबैभन्दा ठूलो चुनौती हो ।
उहाँले तिन महिना पहिला आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले यो चुनावबाट पुराना पार्टीका नेतालाई विस्थापित गर्ने दावी पनि गरेका छन् ।