काठमाडौँ – टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया- २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।
चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।
Facebook Comments Box