कञ्चनपुर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनविरुद्ध उठेका बागीले उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीका अनुसार प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका जितबहादुर करियाँग्रौहा र प्रदेश सभा ‘ख’ मा जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन्।
सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एनपी साउद उम्मेदवार रहेका छन्। प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका ओम विक्रम भाट ९सरल० र प्रदेश सभा ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन्।
सोही क्षेत्रमा नेकपा एमालेका बागी उम्मेदवार भने फिर्ता भएका छैनन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्रदेश सभा ‘क’ मा टेकबहादुर हमाल एमालेको बागी उम्मेदवार उठेका थिए।
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभातर्फ निवर्तमान सांसद नरबहादुर धामी, प्रदेश सभा ‘क’ मा बचनबहादुरु सिंह र प्रदेश सभा ‘ख’ मा कृपाराम राना उम्मेदवार रहेका छन्।