काठमाडौँ – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।
आयोगस्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ ।
आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारी रद्दको निर्णयसम्म हुनसक्छ । तर पहिलो पटक स्पष्टीकरण सोधिएकाले उनलाई सचेत वा ध्यानाकर्षण गराउनेसम्म हुनसक्ने आयोग स्रोतले जनाएको छ ।
Facebook Comments Box