दार्चुला – जिल्लाको अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकाका केहि स्थानहरुमा हिमपात भएको छ ।
आज विहानै देखी मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको छ । मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका कर्मचारी विशन बुढाथोलीले जानकारी दिए। गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्ती लगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको उनले जानकारी दिए ।
यस्तै ब्याँस गाउँपालिकाको छाङरु र तिंकरमा पनि हिमपात भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तिंकर छाङरुमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिए। विहानै देखी चिसो बढेका कारण छाङरुको गागामा हल्का हिमपात भएको उनले बताए । हिमपात भएपछि सदरमुकाम खलंगामा समेत चिसो बढेको छ ।
Facebook Comments Box