भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले INTERPOLको ९०औं साधारण सभाको समुद्घाटन गरेका छन् । समुद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबल युगमा INTERPOL बिनाको विश्वको कल्पना पनि गर्न नसकिंने बताए ।
INTERPOL लाई अझ सशक्त बनाउनु पर्ने बताए । विशेषत: cybercrime, terrorism र बालबालिका माथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगको आवश्यकता झनै मजबुद बनाउंदै लैजानु आजको आवश्यकता रहेको बताउँदै कार्यक्रमको सफल आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए । समुद्घाटन कार्यक्रममा भारत सरकारका गृह मन्त्री अमित सिंह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
भारतको नयां दिल्लीमा आयोजना भैरहेको INTERPOL को ९०औं साधारण सभामा नेपाल समेत विश्वका १७५ देशहरुको सहभागिता रहेको छ र अक्टोवर १८ देखि २१ सम्म संचालन हुनेछ । नेपालको तर्फबाट नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंहको नेतृत्वमा पांच सदस्यीय टोलीको सहभागिता रहेको छ ।