काठमाडौं- विभागीय टोली एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ५ हजार मिटर पुरुष दौडमा स्वर्ण पदक जितेका छन् ।बिहीबार गोपीले १४ मिनेट २९. ६७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जुतेका हुन् । नवौंमा गोपीको यो पहिलो स्वर्ण पदक हो । यस्तै कर्णालीका दुर्गा बहादुर बुढाले १४ मिनेट २९।९३ सेकेन्डको समय निकाले ।कास्य पदक जितेका आर्मीका मुकेश पालले १४ मिनेट ३६।६० सेकेन्डको समय निकाले ।
Facebook Comments Box