काठमाडौं: शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ। उनको आज हृदयघातका कारण मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार ४५ वर्षीया राई आज बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा ढलेका थिए। लगत्तै ग्राण्डि हस्पिटल पुर्याइएको थियो।
फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए। दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए।
Facebook Comments Box